प्रधानमन्त्री ओलीले एक पद छोड्नु पर्ने नेता नेपालको माग
प्रकाशित मिति
२०७६ भाद्र ४ गते, बुधबार ०७:२९
काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई मध्ये एक पद छाड्न माग गर्नुभएको छ । ओलीले अध्यक्ष या प्रधानमन्त्रीमध्ये एक पद मात्र छाड्नुपर्ने भन्दै उहाँले पार्टीमा लिखित प्रस्ताव दर्ता गर्नुभएको छ ।
नेता नेपालले दर्ता गराएको सातबुँदे नोट अफ डिसेन्टमा लेखिएको छ, ‘एक व्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक व्यवस्थालाई पार्टी अध्यक्षद्वयदेखि सबै व्यक्तिमा लागू गरियोस् ।’ पार्टी सचिवालय बैठकका निर्णयप्रति असहमति जनाउँदै आएका नेता नेपालले मापदण्डविपरीत कसैलाई धेरै जिम्मेवारी दिइएको र कसैलाई जिम्मेवारीविहीन बनाएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । नेता नेपालले दर्ता गराएको ‘नोट अफ डिसेन्ट’मा पार्टी विधानले तोकेको कमिटीका बैठकहरु नबसेको र विधि, पद्धति, मापदण्ड र कमिटी प्रणालीका आधारमा पार्टी नचलेको भन्दै असन्तुष्टि जनाइएको छ ।





प्रतिकृया