• २१ असोज २०८३, बुधबार
  • ८ः०७ बिहान

कोशी कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक, शेखर समूहको विद्रोहबारे निर्णय हुने

प्रकाशित मिति

२०८० आश्विन २६ गते, शुक्रबार १०:३२

असोज २६, २०८० काठमाडौँ:  कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा केन्द्रीय गठबन्धनको निर्णयलाई चुनौती दिँदै कांग्रेस सांसद केदार कार्कीले नेकपा एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी पेश गरेपछि आवश्यक निर्णय लिन कांग्रेस प्रदेश कार्यसम्पादन समितिको बैठक दिउँसो १२ बजे बस्नेगरि बोलाएको छ ।

National Life

बिहीबार नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीमा राजनैतिक बिद्रोह गर्दै केदार कार्कीलाई उम्मेदवार उठाएका थिए । पार्टी र सत्ता गठबन्धनको निर्णयविरुद्ध नेपाली कांग्रेसका ९ प्रदेशसभा सदस्य मिलेर केदारलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई दाबी पेश गरेका थिए । संविधानको धारा १६८ को उपधारा ५ मा दलको कुनैपनि ह्विप नलाग्ने हुँदा सांसदहरुले स्वंबिवेक प्रयोग गरेको केदार पक्षको भनाई छ ।


केदारलाई मुख्यमन्त्री बनाउने कामको नेतृत्व गरेका डा. शेखर कोइरालालाई केदार कार्कीसहित उदयपुरका रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र उदयपुरकै लीलाकुमारी राई, र उदयपुरकै हिमाल कार्कीले साथ दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

बिहीबार कांग्रेसको शेखर समूहका ९ सहित नेकपा एमालेका ३९ सांसदगरी ४८ सांसदको समर्थनमा केदारले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । उक्त निर्णयको शेखर पक्षले विरोध जनाउँदै आएको थियो। विरोधको सुनुवाई नभएपछि शेखरले विद्रोह गर्दै आफ्नै उम्मेदवार उठाएका हुन् । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएका थिए। प्रदेश प्रमुख खापुङ्गले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका छन्।

प्रतिकृया