• ४ साउन २०८३, सोमबार
  • २:३२ बिहान

मनकामना केवलकारको भाडा दरमा ५ प्रतिशतले वृद्धि

प्रकाशित मिति

२०७६ भाद्र ३ गते, मंगलवार ०३:४७

काठमाडौँ, गोरखाको मनकामना मन्दिर जाने केवलकारको भाडामा वृद्धि भएको छ । मनकामना दर्शन प्रालिले भदौ १ गतेदेखि लागू हुने गरी ५ प्रतिशत भाडा बढाएर ६ सय ७५ रुपैयाँ पुर्‍याइएको छ ।

यसअघि चितवनको कुरिनटारदेखि मनकामना मन्दिरसम्मको केवलकारको दुईतर्फी भाडा ६ सय ४० रुपैयाँ थियो । एकतर्फी यात्राको भाडा भने १० रुपैयाँ वृद्धि गरेर ३ सय ९५ रुपैयाँ पुर्‍याइएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले भाडा बढाउने निर्णय गरेको मनकामना दर्शन प्रालिले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया