• ९ असोज २०८३, शुक्रबार
  • ८ः१३ राती

वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन घट्दै

प्रकाशित मिति

२०८० आश्विन २० गते, शनिबार ०४:४५

असोज २० , २०८० पर्सा: राष्ट्रिय राजस्वमा ४३ प्रतिशतभन्दा बढी योगदान पुर्‍याउने वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन क्रमिक रुपमम घट्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यभन्दा २४ प्रतिशत कम राजस्व सङ्कलन गरेको कार्यालयले भदौमा लक्ष्यभन्दा ३५ प्रतिशत कम राजस्व सङ्कलन गरेको जनाएको छ ।

National Life

चालु आवको साउनका लागि भन्सार विभागले रू १५ अर्ब ६२ करोड ३७ लाख राजस्व सङ्कलनको लक्ष्य लिएकामा लक्ष्यभन्दा रू तीन अर्ब ७५ करोड ३२ लाख कम राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार भदौका लागि विभागले रू १९ अर्ब ३८ करोड राजस्व सङ्कलनको लक्ष्य दिएकामा रू १२ अर्ब ७१ करोड मात्र सङ्कलन भएको छ ।


भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने पेट्रोलियम पदार्थ, वाहनलगायतका २० वस्तुको आयातबाट सङ्कलन हुने राजस्व घट्दै गएको ढकालले बताउनुभयो । उहाँले मुख्य २० वस्तुबाट सङ्कलन हुने राजस्व गत आवको साउनको तुलनामा चालु आवको सोही अवधिमा ५३ प्रतिशत कम सङ्कलन भएको छ भने भदौमा गत आवको सोही महिनाको तुलनामा ६२ प्रतिशत कम भएको बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

वीरगञ्ज भन्सार कार्यालयलाई इन्धन र बाहनको आयातबाटबाट मात्र ४० प्रतिशतभन्दा बढी राजस्व सङ्कलन हुने गरेको भन्दै ढकालले दुवै वस्तुको आयात घट्दै गएकाले रावस्व सङ्कलनको लक्ष्य हासिल गर्न नसकिएको जानकारी दिनुभयोे । उहाँले वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि आयात हुने इन्धनबाट सङ्कलित हुने राजस्व गत आवको तुलनामा ११ प्रतिशत र वाहनबाट सङ्कलन हुने राजस्वमा १० प्रतिशतले कमी आएको बताउनुभयो ।

प्रतिकृया