• २१ असोज २०८३, बुधबार
  • ९ः४२ बिहान

६१ औं नेपाल रेडक्रस दिवस

प्रकाशित मिति

२०८० भाद्र २० गते, बुधबार १२:५४

भदौ २०, २०८० मध्यपुर : थिमि नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाले ६१ औं नेपाल रेडक्रस दिवस मनाएको छ।उपशाखाका सभापति बाबु काजी श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा सभापति श्रेष्ठले रेडक्रसको स्थापना, रेडक्रसको महत्व, रेडक्रस सिद्धान्त र उपशाखाले गर्दै आइरहेको कार्यक्रमको बारेमा प्रकाश पार्दै प्रशिक्षनात्मक अन्तरक्रिया गरेका थिए ।

National Life

उपशाखाका संस्थापनक सभापति दुर्गा मोहन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले “म सेवागर्छु” वा“मनैदेखि सेवागर्छु” भन्ने भावनाले रेडक्रसमा लागेको बताउदै भक्तपुर जिल्लाकै पहिलो उपशाखाको रुपमा स्थापितगर्न सकेकोमा गर्व लागेको बताए । मध्यपुर थिमि उपशाखाले उत्कृष्ट उपशाखा पुरस्कारद्वारा सम्मानित भएको समरण गर्दै समुदायमा शव बाहन सेवा संचालनलाई निरन्तरता दिइरहेकोमा स¥हानागर्नुभयो ।


उपशाखाका उपसचिव सुशिला श्रेष्ठले स्वागत सहित संचालन गर्नु भएको कार्यक्रममा पूर्व सभापतिहरु, विद्यालयका युवा सर्कलका प्रतिनिधिहरु, आजीवन सदस्यहरु, उपसमितिका संयोजकएवं सदस्यहरु र कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु सहभागिता रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया