• २१ असोज २०८३, बुधबार
  • ९ः३९ बिहान

जनप्रतिनिधिहरुले आफ्नो जिब्रोमा ब्रेक लगाएर बोल्नुपर्छ : रामहरि खतिवडा

प्रकाशित मिति

२०८० भाद्र १८ गते, सोमबार ०४:०७

भदौ १८, २०८० काठमाडौँ : सत्तारुढ नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले निर्वाचित जनप्रतिनिधिहरुलाई जथाभावी नबोल्न आग्रह गरेका छन्।

National Life

सिंहदरबार नै ध्वस्त पार्ने कुरा, धार्मिक स्वतन्त्रतामाथि नै आँच आउने खालको अभिव्यक्तिहरु पछिल्लो समयमा आउने गरेको उल्लेख गर्दै त्यस्ता अभिव्यक्ति नदिन सांसदले खतिवडाको जनप्रतिनिधिहरुलाई सुझाव छ ।


सोमवार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उनले भने, ‘सभामुख महोदय, हामी राजनीतिज्ञहरु निर्वाचित भइसकेपछि हाम्रो जिब्रोमा बे्रक नलागेर जे पायो, त्यही बोल्न गइराखेका हुन्छौं । कोही आगै ओकल्छौं, सिंहदरबार नै ध्वस्त पार्छौं भन्छौं । कोही जातीय राज्य चाहियो भन्छौं । कोही धर्ममाथि आँच आउने काम गर्छौं । निर्वाचित जनप्रतिनिधिहरुलाई आफ्नो जिब्रोमा ब्रेक लगाएर बोलिदिन आग्रह गर्दछु ।’

Classic Tech Mobile
Classic Tech Desktop

सांसद खतिवडाले जनप्रतिनिधिहरुले आफ्नो पदीय मर्यादालाई ख्याल गरेर मात्रै बोल्नुपर्ने बताए । खतिवडाले गिरिबन्धु टि स्टेट प्रकरणबारे तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि सरकारसँग माग गरेका छन् ।

प्रतिकृया