• २१ असोज २०८३, बुधबार
  • ९ः४१ बिहान

ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर : प्रधानमन्त्री

प्रकाशित मिति

२०८० भाद्र १८ गते, सोमबार ०३:५७

भदौ १८, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज ड्राइभिङ स्कुल सङ्घ नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागमार्फत यस क्षेत्रमा विद्यमान समस्याका बारेमा छलफल अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

National Life

ज्ञापनपत्रमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन दर्ता गर्दा ड्राइभिङ प्रशिक्षण केन्द्रबाट तालिम लिएको प्रमाणपत्र पेस गर्नुपर्ने प्रावधान राख्न माग गरिएको छ । सो प्रावधान नहुँदा दक्ष सवारी चालकको उत्पादनमा कमी आएको तथा दुर्घटना बढ्दा धनजनको ठूलो क्षति भइरहेको भन्दै सङ्घले सवारी चालक अनुमतिपत्र लिनका लागि ड्राइभिङ तालिम तथा सिकेको प्रमाणपत्र अनिवार्य गराउन माग गरेको छ ।


सवारी चालक प्रशिक्षण केन्द्रका लागि प्रशिक्षणमा प्रयोग हुने सवारीसाधनमा भन्सार शुल्कमा छुट तथा सवारी साधनको रङ एकैप्रकारको हुने व्यवस्था मिलाउने, सबै प्रशिक्षण केन्द्रले प्रशिक्षण प्रयोजनका लागि प्रशिक्षणस्थल साझारुपमा प्रयोग गर्न पाउने व्यवस्था मिलाउन माग गरिएको अध्यक्ष रामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया