• २१ असोज २०८३, बुधबार
  • ९ः३६ बिहान

शाइन रेसुङ्गाले ल्यायाे फण्ड ट्रान्सफरमा माेबाइल फाेन हातमा अफर

प्रकाशित मिति

२०८० भाद्र १७ गते, आईतवार ०२:५०

भदौ १७, २०८० काठमाडौँ: शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले connectIPS सँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी “Fund Transfer मा Mobile Phone हातमा” अफर सार्वजनिक गरेको छ ।

National Life

सो अफर अन्तर्गत दुई जना भाग्यशाली मोवाइल बैकिङ्गको प्रयोगकर्ताले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैकिङ्ग एपबाट Connect IPS लाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।


सो अफर २०८०, भाद्र १५ गते देखि असोज १४ गतेसम्म लागु हुनेछ । मोबाइल बैंकिङ्ग एपमा उपलब्ध Connect IPS लाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्ताहरुलाई अफरको अन्त्यमा विजेता घोषणा गरिनेछ । सोको जानकारी शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो मोवाइल बैंकिङ्ग एपमा लग इन गरी Send Money मा क्लिक गरी फण्ड ट्रान्सफर गर्न Connect IPS लाई छनोट गर्नुपर्ने हुन्छ । मोबाइल बैंकिङ्गबाट फण्ड ट्रान्सफर गर्न Connect IPS न्यूनतम शुल्क लाग्ने सजिलो माध्यम हो । फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैंकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास गरिएको छ । Connect IPS को फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङ्गमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न Connect IPS मा छुट्टै रजिष्टर गर्न आवश्यक छैन ।

प्रतिकृया