• २१ असोज २०८३, बुधबार
  • १०ः१८ बिहान

आज काठमाडौं महानगरमा सार्वजनिक बिदा

प्रकाशित मिति

२०८० भाद्र १५ गते, शुक्रबार १०:३५

भदौ १५, २०८० काठमाडौँ: आज काठमाडौं महानगरपालिका क्षेत्र भित्र सार्वजनिक बिदा दिइएको छ । काठमाडौं महानगरपालिकाका अनुसार शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो ।

National Life

सापारु र रोपाइ जात्रालाई परम्परालाई निरन्तरता दिई र त्यसको महत्वको प्रचार प्रसार गर्नका लागि महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिएको जनाएको छ ।


‘काठमाडौं महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिनमा सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीद्वारा जारी सूचनामा भनिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेवार समुदायले काठमाडौंमा बिहीबार नै गाईजात्रा मनाएपनि शुक्रबार रोपाइ जात्रा मनाउने भएपछि महानगरपालिकाले सो निर्णय गरेको हो ।

प्रतिकृया