• २० भदौ २०८३, शनिबार
  • ६ः१९ बिहान

सर्वोच्च अदालतमा आजबाट ‘पेशी तारेख अटोमेसन सिस्टम’ सुरु

प्रकाशित मिति

२०८० भाद्र ११ गते, सोमबार १०:३७

भदौ ११, २०८० काठमाडौँ : सर्वोच्च अदालतमा आजदेखि अटोमेसन प्रणालीद्वारा पेशी तोक्न सुरू गरिने भएको छ। आज प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले अटोमेसनद्वारा पेशी तोक्ने व्यवस्थाको उद्घाटन गर्ने सर्वोच्च अदालका प्रवक्ता विमल पौडेलले बताए।

National Life

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयभित्र हुने अनियमिततालाई कम गर्न अटोमेसनमा जान लागेको जानकारी दिएका हुन्। प्रधानन्यायाधीश श्रेष्ठले तारेख तोक्ने काममा कर्मचारीहरूको हस्तक्षेप हुन नदिने पनि आफूले सो अटोमेसन सिष्टमको सुरुवात गर्नुपरेको उल्लेख गरे।


आजसम्म गोला प्रणालीबाट सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको पेशी तोक्ने गरिन्थ्यो। अब भने डिजिटल सिस्टमले नै मुद्दाको पेशी सूची तोक्ने छ। अदालतको पेशी व्यवस्थापनलाई पारदर्शी बनाउन अटोमेसनबाट पेशी तोक्न लागिएको सर्वोच्च अदालतले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया