• १८ भदौ २०८३, बिहीबार
  • ३ः४१ दिउँसो

सरकारले गरेका राम्रा कामबाट केही व्यक्तिहरु अत्तालिएका छन्ः प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति

२०८० भाद्र १० गते, आईतवार ०४:२२

भदौ १०, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विछिप्त भएको बताउनुभएको छ । उहाँले सरकारले गरेका राम्राकाम बाट अत्तालिएकाहरूले पार्टी, सरकार रगठबन्धनविरुद्ध भ्रम छर्दै हिडेको बताउनुभएको छ।


माओवादी केन्द्र निकट बुद्धिजिविहरूको संगठन नेपाल बुद्धिजीवी संगठनको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।

Kamana Sewa

प्रधानमन्त्रीले भन्नुभयो-‘पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विछिप्त भएरका छन् । उनीहरूले माओवादी पार्टी ,सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिडेका छन् । त्यसलाई चिर्न बुद्धिजीवी संगठनले महत्वपूर्ण रोल खेल्नुपर्छ ।’

Classic Tech Desktop

प्रतिकृया