जिम्बाबेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित
प्रकाशित मिति
२०८० भाद्र १० गते, आईतवार ११:०२
भदौ १०, २०८० काठमाडौँ: जिम्बाबेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । कुल मतको ५२।६ प्रतिशत मत प्राप्त गरेपछि उनी दोस्रो कार्यकाल (५ वर्ष) का लागि पुनः निर्वाचित भएको जिम्बाबे निर्वाचन आयोग ९जेडइसी० ले शनिवार घोषणा गरेको हो।
जेडइसी अध्यक्ष प्रिसिला चिगुम्बाले अगस्ट २३(२४ को चुनावमा मनाङ्गाग्वाले अन्य १० जना राष्ट्रपतिका प्रतिद्वन्दीलाई पराजित गर्नुभएको बताए । मनाङ्गाग्वाका प्रमुख प्रतिष्पर्धी र विपक्षी सिटिजन्स फर कोएलिसन चेन्ज (सिसिसी) का नेता नेल्सन चामिसाले वैध मतको ४४ प्रतिशत मत प्राप्त गरेको चिगुम्बाले बताए।
जिम्बाबेको कानुनअनुसार राष्ट्रपति हुनका लागि कुल वैध मतको ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । जिम्बाबेका जनताले बुधवार र बिहीवार नयाँ राष्ट्रपति, संसदका सदस्य र स्थानीय सरकारका प्रतिनिधि छान्न मतदान गरेका थिए।
जेडइसीका अनुसार मनाङ्गाग्वाको सत्तारुढ जानुपिएफ पार्टीले संसदीय सिटको बहुमत हासिल गरेको छ।





प्रतिकृया