• २५ भदौ २०८३, बिहीबार
  • ३ः३८ दिउँसो

नयाँ भाइबर च्याटबटको साथ राकुटेन भाइबर र सस्तो टिकट्सले नेपाल पर्यटनलाई पुन: परिभाषित गर्दै

प्रकाशित मिति

२०८० भाद्र ९ गते, शनिबार ११:५३

भदौ ९, २०८० काठमाडौँ : राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्धसूत्र हो। भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान-टु-वान,भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग अन्तरक्रिया जस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन्।

National Life

भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू साझा गर्न सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ। राकुटेन भाइबर, आइएनसीको एक हिस्सा हो, ई-कमर्स र वित्तीय सेवाहरूमा अग्रणी राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङ र कलिङ एप पार्टनर पनि हो। आजै भाइबर जोइन गरी विश्वकै सबैभन्दा उत्तम कम्यूनिकेशनको फाइदाहरू लिनुहोस्।


नयाँ भाइबर च्याटबटको साथ राकुटेन भाइबर र सस्तो टिकट्सले नेपाल पर्यटनलाई पुन: परिभाषित गर्दै सस्तो टिकट्सको इन एप बुकिङका साथले नेपाल यात्रा अझ सुविधाजनक बनाउँदै छ राकुटेन भाइबर। राकुटेन भाइबरले नेपालको पर्यटन उद्योगप्रति आफ्नो प्रतिबद्धतालाई पुन: प्रमाणित गरेको छ। अन्तरिक यात्रालाई सहयोग र सशक्तिकरण गर्ने निरन्तरको प्रयासस्वरूप भाइबरले सस्तो टिकट्ससंग मिलेर एउटा सिर्जनात्मक च्याटबटको सुरुवात गरेको छ जसले नेपाली र अन्तर्राष्ट्रिय यात्रुहरूले देशको अन्वेषण गर्ने तरिकामा क्रान्ति ल्याउनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

भाइबरको ट्राभल एजेन्सीसँगको सहकार्यले सस्तो टिकट्स च्याटबट मार्फत आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि उडान बुकिङ सेवा उपलब्ध गराएको छ। यो प्लेटफर्मले लागत-प्रभावी उडान विकल्पहरू मात्र प्रदान गर्दैन, बरू अन्य धेरै आकर्षक लाभहरू पनि ल्याउँछ, जस्तै:


● बम्पर अफर: उडान र आवासको पूर्ण सुविधा सहित दुईजनाको लागि थाइल्याण्डको यात्रा।
● दुई-तर्फी आन्तरिक उडान टिकटहरू: १५ जोडी यात्रुहरूलाई राउन्डट्रिप टिकटहरू दिइने विशेष अफर।
● पोखरा आवासमा १५% छुट – पोखराका उत्कृष्ट होटल र रिसोर्टहरूमा बस्ने रूम स्टेमा १५% छुटको साथ शानदार आराम।
● माउन्टेन फ्लाइटहरू: पाँचजना थ्रिल चाहनेहरू र हरेकका एक एक साथीले चार्टर्ड उडान मार्फत् हिमाल र त्यसका सुन्दर परिदृश्यहरूको रोमान्चक अनुभूति लिन सक्छन् ।
● भरपुर मनोरञ्जन: प्रयोगकर्ताहरूले यस नयाँ क्षितिजमा थप यात्रा-सम्बन्धि सुविधाहरूको साथ बटभित्र क्विज़ खण्ड लगायत अन्य अन्तरक्रियात्मक गतिविधिहरूमा संलग्न हुन सक्छन्।


सस्तो टिकट्स का संस्थापक अध्यक्ष तथा सीईओ सम्राट दाहाल भन्नुहुन्छ, “राकुटेन भाइबरसँगको हाम्रो नयाँ सहकार्यले
प्रयोगकर्ताका लागि अतुलनीय यात्रा अवसरहरू ल्याएको छ र हामी नेपालभित्रको अन्वेषणलाई पहिलेभन्दा बढी
फराकिलो, पहुँचयोग्य र रोमाञ्चक बनाउन आतुर छौं।”

राकुटेन भाइबरका लागि एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले थप्छन्, “हाम्रो मिशन सधैं हाम्रा प्रयोगकर्ताहरूको अनुभव बढाउनु हो र हामीले हाम्रा अघिल्ला प्रयासहरूद्वारा यसलाई प्रमाणित पनि गरेका छौं। सस्तो टिकट्स सँगको यो नयाँ साझेदारीले स्थानीय पर्यटनलाई साथ दिँदै लक्ष्यप्रतिको हाम्रो समर्पणलाई अझ सशक्त बनाउँछ।”


सस्तो टिकट्स च्याटबटको सुरुवातसँगै राकुटेन भाइबरले सबै नेपाली यात्रुहरूलाई यात्राको सुविधा र आनन्दको नयाँ युगको अनुभव गर्न आमन्त्रित गरेको छ। सस्तो टिकट्स च्याटबट अगस्ट २९, २०२३ मा लन्च गर्न तय गरिएको छ। प्रयोगकर्ताहरूले भाइबरमा सजिलै सस्तो टिकट्स सर्च गरी च्याटबट जोइन गर्न सक्नुहुनेछ।

प्रतिकृया