• १९ भदौ २०८३, शुक्रबार
  • २ः५८ राती

साक्षी बसेकै आधारमा एक करोड ६० लाखको सम्पत्ति मिटरव्याजीको कब्जामा

प्रकाशित मिति

२०८० भाद्र ७ गते, बिहीबार १२:४८

भदौ ७, २०८० काठमाडौँ : झापाका मिटरव्याजी लिला राई, मुलुकसिंह राई र शोभा राईबाट पीडितहरुले न्यायनपाएको गुनासो गरेका छन् । हिजाे (बुधबार) रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दै उनीहरुले मिटरव्याजीहरुले आफूहरुलाई निरन्तर पीडा दिइरहँदापनि सरकारलेन्यायदिननसकेको गुनासो पोखेका हुन् ।


रमेश शर्मा र सौरभ शर्मा बाबुछोरा हुन् । सौरभका साथी चन्दनजिन्दालले व्यवसायगर्नका लागि ऋण खोजेपछि उनले मिटर व्याजीलिला, मुलुकसिंह र सोभाको समूहलाई भेटाइदिए । जिन्दालले उनीहरुबाट २२ लाख रुपैयाँ लिएको सौरभको दाबी छ । ऋण लिएका जिन्दाल कोभिड महामारीको समयमा व्यवसाय छोडेर भागे पछि शर्माको परिवारलाई उनीहरुले निरन्तर धाक धम्कीदिएर एक करोड ६० लाखको सम्पत्तिकब्जा गरेको सौरभले बताए ।

Kamana Sewa

उनीहरुले साक्षी बसेको आधारमा सौरभलाई जेलमा पुर्याए पछि रमेशले ९० लाखको घर र बाँकी नगद गरेर एक करोड ६० लाख उनीहरुलाई दिएर छोरा छुटाएको बताए । उनीहरुलाई एक करोड ६० लाख दिने क्रममा ऋण लिएका चन्दनजिन्दाललाई भेटाइदिए पछि उक्त सम्पत्ति फिर्ता गर्ने सहमतिकागज भएको रमेशले बताए । वकिल राखेर पैसा तिर्ने बेला उक्त सहमतिकागज गराएको उनको भनाई छ । पछि चन्दनलाई भेटाइदिए पनि उसलाई नचिन्ने भन्दै मिटरव्याजीहरु पन्छिए र आफ्नो सम्पत्ति कब्जा गरेको उनले बताए ।

Classic Tech Desktop

सौरभका अनुसार चन्दनलाई पनि उनीहरुले मुद्दा हालेर जेलमापुर्याका छन् । चन्दनले २२ लाखमात्रै लिएको भए पनि उनलाई जबरजस्ती साढे चार करोडको कागज गराइएको सौरभले बताए । लिला, मुलुकसिंह र सोभाबाटै पीडत हर्कधनलिम्बुले खाली चेकमा सही गराएर आफूलाई फसाइएको बताए । घरायसीकामकाजका लागि आफूले उनीहरुबाट ८३ लाख ऋण लिएको हर्कले बताए । ८३ लाख ऋण लिएकोमा पटक–पटक गरेर ६५ लाखफिर्ता गरे पनि उनीहरुले धाकधम्कीदिएर पाँच करोडको कागज गराएको उनको आरोप छ ।


उनले मिटरव्याजीहरुले आफूबाट खाली चेकमा सही गराएर लगेको पैसा र मिति आफैंले राखी चेक बाउन्स गराएको बताए । चेकबाउन्स मुद्दामा डेढ महिना सम्मथुनेको उनले बताए ।आफू माथि भएको अन्यायमा झापा जिल्ला प्रशासनमा उजुरी दिए पनि न्याय पाउन नसकेको उनको गुनासो छ ।

प्रतिकृया