• १९ भदौ २०८३, शुक्रबार
  • १०ः४४ राती

३ पटक म्याद थप्दा पनि बनेन भगवानपुर सबस्टेशन

प्रकाशित मिति

२०८० भाद्र ७ गते, बिहीबार १२:२७

भदौ ७, २०८० गोलबजार: सिरहाको भगवानपुर गाउँपालिकामा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सबस्टेशन निर्माण सम्पन्न भएको छैन। हालसम्म ७७ प्रतिशत मात्र काम भएको छ ।


नेपाल विद्युत् प्राधिकरण, मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामसँग भगवानपुर सबस्टेशन निर्माण कार्य गर्न ठेक्का पाएको निर्माण कम्पनी मुडभरी एण्ड जोशी आरके इन्टरनेसनल अनामनगर, काठमाडौंको ढिलासुस्तीले सबस्टेशन निर्माणमा ढिलाइ भएको हो। सरकारको सिङ्गल प्याकेज आयोजनाअन्तर्गत निर्माण भइरहेको सबस्टेशनको भवन, ट्रन्सर्फर जडान विद्युतीय पोल सबै एउटै निर्माण कम्पनीको जिम्मा रहेको मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका कार्यालय प्रमुख मुनिन्द्र ठाकुरले बताए ।

Kamana Sewa

२०७४ असोज ६ गतेदेखि कार्य सुरु गर्ने सम्झौता भइ १८ महिनामा निर्माण कार्य सक्नुपर्नेमा तेस्रो पटक २०८० असोजसम्म समय थपिए पनि निर्माण हुने स्थिति छैन। निर्माण कम्पनीका प्रतिनिधि हृदय सिंहका अनुसार एक हप्ताभित्रै पुनः भगवानपुर सबस्टेशन कार्य अघि बढाइने बताए ।

Classic Tech Desktop

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख हिमांशु यादवले लामो दूरीका कारण हावाहुरीको समयमा विद्युत् प्रसारणमा समस्या हुने गरेको बताए। उनले भने, ‘स्थानीयले ३३ हजार केभीको लाइनका लागि पोल गाड्न ठाउँठाउँमा अवरोध सिर्जना गरेकाले काम समयमै हुन नसकेको हो।’ लहान वितरण केन्द्रअन्तर्गत हाल ७० हजार ग्राहक रहेका छन् ।


गर्मीको समयमा लाइन आउने जाने हुने, भोल्टेजको समस्या देखापर्ने भएकाले भगवानपुर सबस्टेशन बनेपछि यस्ता समस्या समाधान हुने बताइएको छ। प्रादेशिक कार्यालय जनकपुरधामका इन्जिनियर शम्भुकुमार मण्डलले लहानदेखि ३७६ पोल गाड्नुपर्ने बताए। हाल पोल गाड्ने काम भइरहेको उनको भनाइ छ। उक्त सबस्टेशन १९ करोड ४० लाखको लागतमा निर्माण भइरहेको छ।

प्रतिकृया