• २१ असोज २०८३, बुधबार
  • ९ः५३ बिहान

सन नेपाल लाइफकाे आईपीओ बिक्री खुला

प्रकाशित मिति

२०८० श्रावण ३२ गते, बिहीबार १०:२६

३२ श्रावण २०८०, काठमाडौँ:  सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) आजदेखि निष्कासन गरेकाे छ । कम्पनीले निष्कासन गरेको आईपीओमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म माग अनुसार आवेदन नपरेमा निष्कासन अवधि भदौ १४ गतेसम्म लम्बिने कम्पनीले जानकारी दिएको छ ।

National Life

कम्पनीले सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता सेयरमा आवेदन खुला गरेकाे छ । सर्वसाधारणले अंकित मूल्य १०० रुपैयाँमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ निष्कसान गरेकाे जानकारी दिएको छ ।


इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० देखि २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ । कम्पनीले जारीपुँजी तीन अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

सोमध्ये नौ लाख ६० हजार कित्ता सेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । सोपश्चात बाँकी भएको सेयरमा चार लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । चार लाख ८० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ ।


आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले इन्स्योरेन्सलाई वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औसतस्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्ने केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराएको ‘‘मेरो सेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।


वास्तविक वित्तीय विवरण २०७८/०७९ अनुसार कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७२ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ४१ पैसा रहेको छ । उक्त अवधिसम्म कम्पनी ३९ करोड ५४ लाख रुपैयाँ नाफामा रहेको छ ।


कम्पनीले आईपीओ निष्कासनबाट प्राप्त रकम नेपाल बिमा प्राधिकरणले तोकेको प्राथमिक क्षेत्र, नेपाल सरकारको ऋणपत्र, विकास ऋणपत्र, वाणिज्य बैंकको मुद्दती निक्षेप तथा ब्याज प्राप्त हुने क्षेत्रमा लगानी गर्ने बताइएको छ ।

प्रतिकृया