• २१ असोज २०८३, बुधबार
  • १०ः०० बिहान

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड हुँदै

प्रकाशित मिति

२०८० श्रावण ३१ गते, बुधबार ०२:२४

३१ श्रावण २०८०, काठमाडौँ: रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बुधबार बाँडफाँड हुँदै छ। बिक्री प्रबन्धक सिभिल क्यापिटलले साउन ३१ गते बुधबार साँझ ५:३० बजे शेयर बाँडफाँड गर्न लागेको हो ।

National Life

कम्पनीले साउन २३ देखि साउन २६ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा शेयर निष्काशन गरेको थियो।

कम्पनीले असार २७ देखि साउन १० गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १२ लाख कित्ता शेयर निष्काशन गरेको थियो । सो शेयर बाँडफाँड भईसकेको छ । जसमा लगानीकर्ताले अधिकतम ६० कित्ता सम्म शेयर पाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया