• २१ असोज २०८३, बुधबार
  • १०ः०२ बिहान

कांग्रेस सांसद चन्द्र भण्डारी अस्पताल भर्ना

प्रकाशित मिति

२०८० श्रावण ३१ गते, बुधबार ०१:१९

३१ श्रावण २०८०, काठमाडौँ:  नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन्। आगलागीमा परेर उपचार गराइरहेका सांसद भण्डारी बुधबार कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका हुन् ।

National Life

गत ३ फागुनमा आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका उनी लामो समय भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार गरेर स्वदेश फर्किएका थिए। आफू बुधबार अस्पताल भर्ना भएको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

अस्पताल भर्ना हुनुअघि सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘समय न हो निर्णायक, जुन कसैको हातमा छैन ।  कोसिस न हो, सबैलाई जस्तै जीजिविषाको चाहना मलाई पनि छ। इमान्दारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दै छ मेरो शरीर उपचार शैय्यामा केही समयमा ।’

Classic Tech Mobile
Classic Tech Desktop

उनको अवस्था सामान्य रहेको र नियमित उपचारका लागि अस्पताल भर्ना भएका हुन् । गत फागुनमा बुद्धनगरस्थित आफ्नै घरमा आगलागी हुँदा आमा हरिकलाको निधन भएको थियो भने गम्भीर घाइते भएका भण्डारीलाई थप उपचारका लागि ४ फागुनमा मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लगिएकाे थियो ।

प्रतिकृया