• २१ असोज २०८३, बुधबार
  • १०ः१० बिहान

नक्कली जस्तो देखिने ५२ लाख ७५ हजार रूपैयाँसहित नौ जना पक्राउ

प्रकाशित मिति

२०८० श्रावण २७ गते, शनिबार १२:२४

२७ श्रावण २०८०, काठमाडौँ : नक्कली जस्तो देखिने नेपाली एक हजार दरका नोट ५ हजार २ सय ७५ थान गरी जम्मा ५२ लाख ७५ हजार रूपैयाँ र विभिन्न सामानसहित ९ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

National Life

पक्राउ पर्नेहरूमा सिन्धुपाञ्चोक कोठे बस्ने २५ वर्षीय शुशिल कार्की, सिन्धुपाञ्चोक सुनकोशी गाउँपालिका-६ बस्ने २३ वर्षीय शिव भण्डारी, सिन्धुपाञ्चोक बलेफी गाउँपालिका- ७ बस्ने ४० वर्षीय अर्जुन सुबेदी, सिन्धुपाञ्चोक सुनकोशी गाउँपालिका-६ बस्ने २३ वर्षीय मिलन भण्डारी, सुनकोशी गाउँपालिका-६ बस्ने २४ वर्षीय श्रीकृष्ण भण्डारी, झापा कमल गाउँपालिका-३ बस्ने २९ वर्षीय युवराज राई, अछाम मेल्लेख गाउँपालिका-३ बस्ने २१ वर्षीय अर्जुन बुढा, गुल्मी वाडागाउँ गाउँपालिका-२ बस्ने ३४ वर्षीय सागर आचार्य र नवलपरासी सरावल गाउँपालिका-१ बस्ने ५३ वर्षीया पार्वती नेपाली रहेका छन् ।


उनीहरूमध्ये अर्जुन सुबेदी उपर चोरी, बैंकिङ कसूर, ठगी तथा ठगी र एक्सटर्सन गरी ७ वटा मुद्दा समेत चलेको खुल्न आएको छ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेकप्वाइन्टमा लुम्बिनीबाट काठमाडौंतर्फ आउँदै गरेको लु. १ प ५ नम्बरको पर्यटक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्दा ढोका छेउको सामान राख्ने डिक्कीमा र्‍याप गरी राखिएको चाउचाउको कार्टुनभित्र नक्कली जस्तो देखिने एक हजार दरका ३ हजार ५ सय ७३ थान गरी जम्मा ३५ लाख ७३ रूपैयाँ फेला परेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त बसका चालक तथा सह- चालकलाई नियन्त्रणमा लिई थप सोधपुछको क्रममा उक्त कार्टुन लुम्बिनी बसपार्कबाट एक जना मानिसले अचार हो काठमाडौं लगिदिनु काठमाडौं बसपार्कमा रिसिभ गर्न मानिस आउँछ भनि पठाएको खुल्न आएपछि प्रहरी वृत्त थानकोटसमेतबाट खटिएको प्रहरी टोलीले काठमाडौं गोंगबु बसपार्क र भक्तपुर चाँगुनारायण नगरपालिका-४ बुढाथोकी गाउँबाट थप नक्कली जस्तो देखिने १ हजार दरका १ हजार ७ सय २ थान गरी जम्मा १७ लाख २ हजार रूपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।


अनुसन्धानको क्रममा कम्प्युटर सेट १ थान, पेपरकटर मेसिन १ थान, कलर प्रिन्टर १ थान, प्रिन्ट पेपर १ रिम, खुल्ला पेपर २ सय पेज, विभिन्न रङका मसी, कलर केमिकल प्लाष्टिकको बोतल २ वटा, केमिकल, डेकोरेटिङ पाउडर ४ पत्ता, र्‍यापलिङ टेप १ बण्डल, एक हजार दरको नोटको साईजको पेपर ९ थान, बा.६३ प २०७५ नम्बर, बा.प्र. ०२- ०३९प ९४०७ नम्बर, बा.प्र. ०२-०३८ प ५६४२ नम्बरको मोटरसाइकल, बा.प्र.०२-०२८ प १३०६ नम्बरको स्कुटर, मोबाइल १२ थान र अर्जुन सुबेदीको नाममा जिल्ला अदालत चितवनको तारेख पर्चा १ थान प्रहरीले बरामद गरेको छ । उनीहरू उपर मुद्रा सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया