• २१ असोज २०८३, बुधबार
  • १०ः१० बिहान

सुन तस्करी प्रकरणमा व्यापारी अडुकिया विमानस्थलबाट पक्राउ

प्रकाशित मिति

२०८० श्रावण २६ गते, शुक्रबार ०३:३१

२६ श्रावण २०८०, काठमाडौँ:  करिब १०० किलो सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । उनी भारतबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका हुन् ।

National Life

उनी व्यापारी राजेश अकुडियाका छोरा हुन् । दिल्ली हुँदै नेपाल आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई बुझाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जानकरी दिएको छ।

असार ३० मा हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्स हुँदै काठमाडौं ल्याइएको ‘ब्रेक प्याड’भित्र राखेर सुन तस्करी हुँदा राकेश अकुडिया पनि मुछिएका छन् । प्रहरीले उनलाई खोजिरहेको बेला छोरा पक्राउ परेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया