• २१ असोज २०८३, बुधबार
  • १०ः१८ बिहान

हिमालय आँखा अस्पतालले कन्जंग्टिवाइटिसका बिरामीको निःशुल्क आँखा परिक्षण गर्ने

प्रकाशित मिति

२०८० श्रावण २५ गते, बिहीबार १०:५३

२५ श्रावण २०८०, काठमाडौं : नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराले आँखा पाक्ने रोग (एडिनो भाइरल कन्जंग्टिवाइटिस) का कारण अस्पतालमा आउने बिरामीहरुको निःशुल्क आँखा जाँच गर्ने भएको छ ।

National Life

‘पोखरा महानगरपालिका र यस अस्पतालको बिचमा भएको सम्झौता अनुसार हाल महामारीको रुपमा फैलिरहेको आँखा पाक्ने रोग (एडिनो भाइरल कन्जंग्टिवाइटिस) का कारण यस अस्पतालमा उपचारका लागि जनरल ओपिडीमा आउने बिरामीहरुको आँखा जाँच गर्न लाग्ने नाम दर्ता शुल्क यहि मिति २०८० श्रावण मसान्तसम्म निःशुल्क गरिएको व्यहोरा जानकारी गराइन्छ’ अस्पतालद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।


अस्पतालका बाह्य कार्यक्रम संयोजक सुवास नेपालका अनुसार पोखरा महानगरपालिकासंगको सहकार्यमा अस्पतालले बुधबारदेखि कन्जंग्टिवाइटिसका बिरामीहरुको निःशुल्क आँखा जाँच गर्नेछ । हिमालय आँखा अस्पताल अन्तरगत हाल २७ वटा आँखा उपचार केन्द्रहरु संचालनमा छन् । अस्पतालले बार्षिक १ लाख ५० हजार बिरामीको आँखा जाँच गरि करिब ५ हजार बिरामीको आँखाको शल्यक्रिया गर्दै आइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल नेत्र ज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखामार्फत गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रतिकृया