• २१ असोज २०८३, बुधबार
  • १०ः२७ बिहान

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

प्रकाशित मिति

२०८० श्रावण २१ गते, आईतवार १२:०३

२१ श्रावण २०८०, काठमाडौँ:  नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।

National Life

यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । गएको शुक्रबार उक्त सुनको मूल्य तोलाको एक लाख १२ हजार २०० रुपैयाँ तोकिएको थियो ।

तेजाबी सुन तोलाको एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया