• 4:17 am

दक्षिण अफ्रिकालाई हराउँदै साविक उपविजेता नेदल्यान्ड्स क्वार्टरफाइनलमा

प्रकाशित मिति

२०८० श्रावण २१ गते, आईतवार ०१:२६

२१ श्रावण २०८०, काठमाडौँ:  दक्षिण अफ्रिकाविरुद्ध दक्षिण अफ्रिकाविरुद्ध २–० को जित निकाल्दै नेदरल्यान्ड्स अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार अस्ट्रेलियाको सिड्नीस्थित एलिएन्ज रंगशालामा भएको खेलमा साविक उपविजेता समेत रहेको नेदरल्यान्ड्सलाई जित दिलाउन जिल रोर्ड र लिनेथ बिरेनस्टेनले समान एक गोल गरे ।

खेलको नवौँ मिनेटमा रोर्डले गरेको गोलबाट नेदरल्यान्ड्सले अग्रता बनाएको थियो । नेदरल्यान्ड्सले दोस्रो हाफमा एक गोल थप्यो । बिरेनस्टेनले ६८औँ मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सको अग्रतालाई २–० मा पुर्‍याएकी थिइन् । यसपछि दुवै टिमले थप गोल गर्न सकेनन् । जितसँगै नेदरल्यान्ड्स अन्तिम–८ मा प्रवेश गर्‍यो ।

नेदल्यान्ड्स समूह ‘ई’को विजेता र दक्षिण अफ्रिका समूह ‘जी’को उपविजेताका रूपमा अन्तिम–१६ मा प्रवेश गरेका थिए । अब नेदरल्यान्ड्सले सेमिफाइनल प्रवेशका लागि स्पेनविरुद्ध खेल्नेछ । स्पेनले शनिबार भएको खेलमा स्वीट्जरल्यान्डलाई ५–१ ले हराउँदै अन्तिम–८ को यात्रा तय गरिसकेको छ ।

प्रतिकृया