• २१ असोज २०८३, बुधबार
  • १०ः३३ बिहान

नेप्से परिसूचक ५.८४ अंकले बढ्याे

प्रकाशित मिति

२०८० श्रावण १५ गते, सोमबार ०३:४६

१५ श्रावण २०८०, काठमाडौँ: चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएयता पाँच कारोबार दिन निरन्तर १२६ अंकले घटेको सेयर बजार सोमबार लयमा फर्किएको छ।

National Life

तीव्र उतारचढावका बाबजुद आज नेप्से परिसूचक ५.८४ अंकले बढेर २१०६.१८ बिन्दुमाथि आइपुगेको छ। यस्तै सेन्सेटिभ इन्डेक्स पनि २.१८ अंकले बढेको छ।


२०९७.८५ अंकबाट सुरु भएको सेयर बजार १: १४ बजे २८.६२ अंकले बढेर २१२६.४७ बिन्दुसम्म आइपुगेको थियो। सो बिन्दु आजको सबैभन्दा उच्चम हो। उक्त बिन्दुमा पुगे लगत्तै घट्न सुरु गरेको बजार २१०१ बिन्दुसम्म झरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

गत आर्थिक वर्षको प्रतिफल तथा वित्तीय विवरण प्रकाशित गरेका सामूहिक लगानी कोष योजनाहरुको इकाइको मूल्य बढेको छ। सनराइज ब्लुचिप फन्ड, एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड र ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड-१ को इकाइ मूल्य बढेको छ।


यस्तै गत आर्थिक वर्षको प्रतिफल घोषणा गरेको लक्ष्मी उन्नति कोषको पनि इकाइको मूल्य बढेको छ। यस योजनाले गत आर्थिक वर्षका लागि इकाइधनीहरुलाई ९.५ प्रतिशत प्रतिफल दिने भएको छ।


सोमबार बजार सकारात्मक देखिए पनि त्यस अनुसारको सेयर कारोबार भने भएको छैन। दिनभरको कारोबार अवधिमा १ अर्ब ८५ करोड बराबरको सेयर कारोबार भएको छ। जुन जेठ २२ गते यताकै कम कारोबार हो।


कारोबारको आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको ८ करोड ८ लाख बराबरको सेयर कारोबार भएको छ। यस्तै सोल्टी होटलको ५ करोड ४७ लाख बराबरको सेयर किनबेच भएको छ।

प्रतिकृया