• २१ असोज २०८३, बुधबार
  • १०ः३३ बिहान

सोमबार बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित

प्रकाशित मिति

२०८० श्रावण १५ गते, सोमबार ०२:५५

१५ श्रावण २०८०, काठमाडौँ : प्रतिनिधिसभाको सोमबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बस्ने तय भएको थियो। तर बैठक बस्दै नबसी स्थगित भएको छ।

National Life

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्वीन्टल सुनको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्च स्तरीय छानबिन समितिको माग गर्दै आएको छ । यसमा सत्तापक्ष तयार भएको छैन । यसअघि १० साउनमा बोलाइएको बैठकमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको थियो ।


सोमबार पनि एमालेले त्यही अडान राखेपछि सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका सभामुखको सचिवालय स्रोतले बताएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि सोमबार विहान संसद खुलाउने विषयमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेता छलफलमा बसेका थिए ।

प्रतिकृया