• २१ असोज २०८३, बुधबार
  • १०ः३४ बिहान

लुम्बिनी विकास कोषको उपाध्यक्षमा स्वच्छ छवि भएका धर्म गुरुलाई नियुक्त गर्न बौद्धमार्गीहरुको माग

प्रकाशित मिति

२०८० श्रावण १५ गते, सोमबार ०२:३०

१५ श्रावण २०८०, काठमाडौँ : लुम्बिनी विकास कोषको उपाध्यक्षमा स्वच्छ छवि भएको, कुनै फौजदारी मुद्दा र विवादमा नमुछिएका धर्म गुरुलाई नियुक्ति गर्न बौद्ध धर्ममार्गीहरुले सरकारको ध्यानाकाषर्ण गराएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेल नगर्दै उनीहरुले राजनीतिक पहुँचको आधारमा लुम्बिनी विकास कोषको उपाध्यक्ष र अन्य कर्मचारी नियुक्ति नगर्न सरकारको ध्यानाकार्षण गराएका हुन् ।

National Life

लुम्बिनी विकास कोषको उपाध्यक्ष पद रिक्त रहेको छ । कोषको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहने व्यवस्था रहेको छ भने कार्यकारी उपाध्यक्ष रहने व्यवस्था छ । कार्यक्रमलाई सम्बोधन गर्दैै तामाङ बौद्ध महासंघ नेपालका महासचिव टेकराज मोक्तानले लाखौं लाख बुद्धका शिष्यहरु हुँदा पनि सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा खल्तीको मान्छे नियुक्ति गर्न लागेको भन्दै आपत्ति जनाए ।


‘हामी शान्तिका अग्रदूतका अनुयायी हुँदा हुँदै पनि, हामी लाखौं लाख बुद्धका शिष्य यहाँ रहँदा पनि त्यहाँ आफ्नो पकेटका व्यक्तिहरु त्यहाँ नियुक्ति गरिर हँदा, कर्मचारी भर्ती गरिरहँदा शान्ति मय क्षेत्रलाई विवादमा तानिएको छ,’– उनले भने ।
कोषको उपाध्यक्ष र कर्मचारी नियुक्ति गर्दा सरकारले बु्द्धको अनुयायी, कुनै पनि राजनीतिकदलमा नमुछिएको र कुनै पनि फौजदारी कसुर नलागेको र फौजदारी कसुरमा सजाय नपाएको व्यक्ति नियुक्त गर्नु पर्ने उनको माग छ ।

Classic Tech Mobile
Classic Tech Desktop

लुम्बिनी विकास कोषको पदाधिकारी अथवा कर्मचारी नियुक्ति गर्दा संघ संस्थाको सल्लाह सुझाव सहित नियुक्ति गरिनु पर्ने उनको माग छ । हिजोका दिनमा राज्यलाई बदनाम गरेका र मुद्दा चलेका व्यक्तिहरु नियुक्तिको खण्डमा सिंगो बौद्धमार्गीहरुलाई लुम्बिनीमा उर्ताने उनको चेतावनी छ ।


नेपाल बौद्ध महासंघका पूर्व सदस्य तथा शान्ति विद्यालयका प्रमुख धर्मगुरु पासङ तोक्बालामाले राजनीतिकदलका शीर्ष नेताहरुले लुम्बिनी विकास कोषलाई राजनीतिक भर्तिकेन्द्र बनाएको आरोप लगाए । उनले राजनीतिकदलहरु आफन्त भर्ति गर्ने, आफन्तलाई बचाउने, अर्कोलाई सिध्याउने, गरिबलाई थिच्ने लगायतका काममा नै रमाइरहेको बताए ।


लुम्बिनी विकास कोषमा स्वच्छ मन र छवि भएका व्यक्ति नियुक्त गरिनु् पर्ने उनको माग छ । लुम्बिनी विश्वले चिनेको ठाउँ भएको बताउँदै उनले उक्त संस्थाका प्रमुख व्यक्तिको चरित्र स्वच्छ र निश्पक्ष हुन आवश्यक रहेको उनको भनाई छ । आफ्नो स्वार्थ पुरा गर्नका लागि देशमा धार्मिक द्वन्द्वको सुरुवात नगराउन पनि उनले सरकारलाई चेतावनी दिए । कार्यक्रमको सञ्चालन सानु पूर्वाछानेले गरेका थिए । उनले स्वच्छ र निष्पक्ष छवि भएकाधर्म गुरुलाई लुम्बिनी विकासको उपाध्यक्षमा नियुक्त नगरिए आफूले पनि आन्दोलनलाई साथ दिने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिकृया