• २१ असोज २०८३, बुधबार
  • १०ः३३ बिहान

आज सुन–चाँदीको मूल्य घट्याे

प्रकाशित मिति

२०८० श्रावण १५ गते, सोमबार ११:३५

१५ श्रावण २०८०, काठमाडौँ : आज सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ छ सय र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

National Life

अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला तीन सय रुपैयाँ नै घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएकाे छ।


आइतबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया