• २१ असोज २०८३, बुधबार
  • १०ः४८ बिहान

भारतमा गुडिरहेको रेलमा गोली प्रहार, सुरक्षाकर्मीसहित चारजनाको मृत्यु

प्रकाशित मिति

२०८० श्रावण १५ गते, सोमबार ११:१६

१५ श्रावण २०८०, काठमाडौँ: भारतमा गुडिरहेको रेलमा गोली प्रहार गरिएको छ । रेलवे सुरक्षा बल (आरपीएफ)का एक हवल्दारले गोली हानेका हुन् । सोमबारको यो घटनामा चारजनाको मृत्यु भएको छ । रेलमा सवार आरपीएफकै सहायक सब–इन्स्पेक्टर र तीन यात्रीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

National Life

सो रेल जयपुरबाट मुम्बई जाँदै थियो । महाराष्ट्रको पालघर रेलवे स्टेसननजिकै पुगेपछि गोली प्रहार गरिएको जनाइएको छ । ती हवल्दारले आफूसित रहेको स्वचालित हतियारबाट गोली हानेका थिए । उनलाई पक्राउ गरिएको रेलवे सुरक्षा बलले जनाएको छ ।

प्रतिकृया