• ३ असोज २०८३, शनिबार
  • ७ः१८ बेलुका

आजको मौसम : चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

प्रकाशित मिति

२०८० श्रावण १४ गते, आईतवार ०७:०७

१४ श्रावण २०८०, काठमाडौँ : हाल मनसुन न्यूनचापिय रेखा नेपालको नजिक रहेको छ। आगामि २४ घण्टा सम्म पनि मनसुन न्यूनचापिय रेखा नेपालको पुर्व देखि पश्चिम तराई भू-भागमा रहिरहने देखिन्छ।

National Life

देशभर मनसुनी वर्षा जारी रहने देखिन्छ। देशको थोरै स्थानहरुमा भारि तथा १ /२ स्थानहरुमा अति भारी वर्षाको संभावना भएकोले ती क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने र पहाडि क्षेत्रहरुमा पहिरोहरुको जोखिम बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ। साथै, हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्नेछ।


देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । यस कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया