• ३ असोज २०८३, शनिबार
  • ९ः१२ राती

एकीकृत समाजवादीले आगामी बैठकहरू स्थगित

प्रकाशित मिति

२०८० श्रावण १४ गते, आईतवार ०७:१८

१४ श्रावण २०८०, काठमाडौँ : नेकपा एकीकृत समाजवादीले साउन १६ गतेदेखि गर्ने भनेको सबै बैठक स्थगित भएको बताएको छ। ६ दिन चलेको सचिवालय बैठकले पार्टीको राजनीति कार्यदिशाबारे छलफल गरेको थियो। साउन १५ गतेको सचिवालय बैठक बस्ने तर १६ गतेदेखिको बैठक स्थगित गर्ने खतिवडाले बताएका छन्।

National Life

एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक स्थगित गरेको हो।पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले तयारी पूरा नभएकाले बैठक स्थगित गर्नुपरेको बताएका छन्।


असार २९ र ३०, साउन १, २, ४, ५ गते बसेको पार्टीको सचिवालय बैठकले स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक आह्वान गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस बैठकले साउन १५ गते सचिवालय, १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्युरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाएको थियो।


सचिवालय बैठकले एमसिसी नेपालको हितमा कार्यन्वयन भए वा नभएको जानकारी लिन पार्टीका तर्फबाट अनुगमन समिति बनाउने निर्णय गरेको थियो। त्यस्तै एमसिसीमा नेपालको हित रक्षाको प्रत्याभूति गर्न संसदीय अनुगमन समितिको खाँचो पनि औंल्याएको थियो।

प्रतिकृया