• २१ असोज २०८३, बुधबार
  • १०ः४० बिहान

गगन थापाले बुझाए निर्वाचन आयोगले तोकेको जरिवाना

प्रकाशित मिति

२०८० श्रावण ११ गते, बिहीबार ०३:१५

११ श्रावण २०८०, काठमाडौँ : कांग्रेस महामन्त्री गगन थापाले निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना बुझाएका छन् । थापाले सामाजिक सञ्जालमार्फत जरिवाना तिरेको जानकारी गराउँदै फेरि निर्वाचन खर्च सार्वजनिक समेत गरेको बताएका छन् ।

National Life

थापाले यसअघि आफूले सार्वजनिक गरेको खर्चको विवरण निर्वाचन आयोगलाई फेरि बुझाउनुपर्छ भन्ने जानकारी नहुँदा जरिवानामा परेको बताएका छन् ।


थापाले आफ्नो निर्वाचन खर्च २३ लाख ४२ हजार ७६८ रुपैयाँ १० पैसा भएको पनि जानकारी गराएका छन् । निर्वाचन आयोगले गत मंसिरको चुनावको खर्च विवरण सार्वजनिक गरेपछि त्यसको जानकारी नगराउने १ हजार भन्दा बढी प्रतिनिधिसभाका उम्मेदवारलाई जरिवानाको निर्णय गरेको थियो । सो निर्णयको केही नेता तथा सांसदले आलोचना समेत गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया