• ४ असोज २०८३, आइतबार
  • ७ः५७ बिहान

रेडी ट्रेडर्सले पछिल्लो २ महिनाभित्र आयात गरेका सबै ब्रेक शुमा सुन नै भएको पुष्टि

प्रकाशित मिति

२०८० श्रावण ११ गते, बिहीबार ११:०३

११ श्रावण २०८०, काठमाडौँ: सय किलो अवैध सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको गोदामबाट बरामद गरेकाे ब्रेक शुमा पनि सुन नै भेटिएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ । राजस्व अनुसन्धान विभागले सोह्रखुट्टेको एक घरमा छापा मारेको थियाे। साे क्रममा ६६ कार्टुद्द ‘ब्रेक शु’ बरामद भएको थियाे ।

National Life

राजस्वले बरामद गरेकाे ६६ कार्टुन ब्रेक शुमध्ये आधाबाट सुन निकालिएकाे अवस्थामा फेला परेकाे हाे । विभागले बरामद गरेकाे ब्रेक शु ११ सय ६२ थान बरामद भएको खुलेकाे छ। जसमध्ये प्रारम्भिक परिक्षणमा आधाभन्दा धेरै ब्रेक शुबाट तस्करले सुन झिकिसकेको पाइएको स्राेतले जनाएकाे छ ।


साथै सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रालिले पछिल्लो २ महिनाभित्र आयात गरेका सबै ब्रेक शुमा सुन नै भएको पुष्टि भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया