• ४ असोज २०८३, आइतबार
  • १२ः४० राती

दिनदहाडै बैंक लुट्ने गिरोहका एकजना पक्राउ

प्रकाशित मिति

२०८० श्रावण ११ गते, बिहीबार १०:५५

११ श्रावण २०८०, महोत्तरी : महोत्तरीमा दिनदहाडै बैंक लुट्ने गिरोहका एकजना पक्राउ परेका छन् । हतियार देखाएर बैंक लुट्ने भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमार बुधबार साँझ पक्राउ परेका हुन् ।

National Life

कुमारलाई जिल्लाको मटिहानी नगरपालिका ८ बाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता दिलीपकुमार गिरीले बताए । उनकाअनुसार कुमारलाई अजयमाथि हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राख्ने सात दिनको म्याद लिई अनुसन्धान भइरहेको छ ।


महोत्तरी गाउँपालिका २ स्थित रहेको एनएमबी बैंकको शाखामा १६ जेठमा दिउँसै ४/५ को हतियारधारी समूहले कर्मचारी तथा सेवाग्राहीलाई हतियार देखाएर १५ लाख एक हजार ४९३ रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंक लुटपाट घटनामा लुटेराहरूमाथि मुलुकी अपराध संहित २०७४ अन्तर्गत हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता गिरीले बताए ।

प्रतिकृया