• २१ असोज २०८३, बुधबार
  • १०ः४२ बिहान

एमालेले बोलायो संसदीय दलको बैठक‍

प्रकाशित मिति

२०८० श्रावण १० गते, बुधबार ११:४९

१० श्रावण २०८०, काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ । पार्टीले १२ बजेका लागि संसदीय दलको बैठक बोलाएको एमालेका एक नेताले जानकारी दिए ।

National Life

ती नेताका अनुसार एमालेले बुधबार बस्ने संसद बैठक अवरोध गर्ने तयारी गरेको छ । अवैध सुन तस्करी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने माग राख्दै एमालेले आजको संसद बैठक अवरोध गर्न लागेको हो ।


सोमबार राति कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री गैरजिम्मेवार भएको बताएका थिए । गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्ने पनि ओलीकाे भनाइ थियाे ।

Classic Tech Mobile
Classic Tech Desktop

संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ। एमालेले छलफलका लागि आफ्ना सांसदलाई १२ बजे बोलाएको हो ।

प्रतिकृया