• २१ असोज २०८३, बुधबार
  • १०ः५२ बिहान

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८० श्रावण ७ गते, आईतवार १०:५८

७ श्रावण २०८०, काठमाडौँ: साताको पहिलो दिन आईतबार सुनको मूल्य केहि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले ओरालो लागेको हो ।

National Life

गएको शुक्रबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ पुगेको हो ।


यस्तै आज चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेको छ । यसअघि शुक्रबार मात्रै चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भईरहेकोमा आज घटेर प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा पुगेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया