• २९ भदौ २०८३, सोमबार
  • १०ः१२ बिहान

अभिनेता सारुक ताम्राकार झुण्डिएको अवस्थामा मृत फेला

प्रकाशित मिति

२०८० असार २२ गते, शुक्रबार १०:१८

२२ असार २०८०, काठमाडौँ: नेपाली चलचित्र अभिनेता सारुक ताम्राकार रातोपुलस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । ताम्राकार बिहीबार राती करिब ११ बजे घरमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

National Life

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अभिनेता ताम्राकारले घरको भर्‍याङको रेलिङको प्लाष्टिकको पाइपमा झुण्डिएर आत्महत्या गरेको पाइएको हो । घटनास्थलको मुचुल्का कार्यपछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।


उनले आत्महत्या गर्नुको कारणबारे नखुलेको र अनुसन्धान कार्य भैरहेको प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । चलचित्र रानीबाट अभिनय करिअर सुरू गरेका सारुकले मेरी मामु र इन्टु मिन्टु लण्डनमा अभिनय गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै, उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’’को छायांकनमा ब्यस्त थिए ।

प्रतिकृया