• २९ भदौ २०८३, सोमबार
  • ८ः२० बिहान

अब लण्डन, फ्र्यांकफर्ट र पेरिसबाट नेपालमा सिधा उडान

प्रकाशित मिति

२०८० असार २१ गते, बिहीबार ०५:४९

२१ असार २०८०, काठमाडौँ: लन्डनबाट चाँडै सेवा सुरु हुन लागेको हिमालयन जेट एयरलाइन्सले बेलायत, फ्रान्स र जर्मनीलगायतका देशबाट नेपालमा सिधा उडान गर्ने भएको छ ।

National Life

लामो दुरीमा बिना कुनै ट्रान्जिट उडान गर्ने गरी खुलेको हिमालय जेट एयरलाइन्सले आगामी सेप्टेम्बरदेखि बेलायतको लन्डन र म्यानचेस्टर, फ्रान्सको पेरिस र जर्मनीको फ्र्यांकफर्टबाट सिधा नेपाल उडान गर्ने कम्पनीले जानकारी दिएको छ ।


उक्त एयरलाइन्सले १८ थान वाइड बडी जहाजबाट संसारका विभिन्न रुटमा सिधा उडान गर्न लागेको हो। स्टार्टअप कम्पनीका रुपमा हालसालै सुरु भएको उक्त एयरलाइन्समा नेपाली दीपेन्द्र गुरुङ सञ्चालक भएकाले पनि नेपाली गन्तव्य प्राथमिकतामा परेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त एयरलाइन्सले ५५ क्याप्टेन र ५५ कोपाइलटका लागि दर्खास्त पनि आह्वान गरेको छ। त्यस्तै थप २५०० कर्मचारी भर्ना गरिने पनि कम्पनीले जानकारी दिएको छ ।

प्रतिकृया