एसइई परीक्षाको नतिजा टेलिकमको वेबसाइटबाट हेर्न सकिने
प्रकाशित मिति
२०८० असार २१ गते, बिहीबार ०४:४९
२१ असार २०८०, काठमाडौँ: नेपाल टेलिकमले एसइई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७९ सालको एसइई परीक्षाको नतिजा टेलिकमको आइभिआर, एसएमएस तथा वेबसाइटमार्फत हेर्न सकिने छ।
नतिजाका लागि नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिने छ। यस अनुसार सिधै १६०० डायल गरी प्राप्त निर्देशन अनुसार गरेमा नतिजा थाहा पाउन सकिनेछ।
१६०० मा डायल गर्दा प्रति कल करबाहेक जम्मा २ रुपैयाँ मात्र महशुल लाग्नेछ। दुई मिनेटको समयावधिलाई एक कल मानिनेछ। त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसइई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर (SEE ) टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ।
उदाहरणका लागि SEE 12345678A टाइप गरी १६०० मा सन्देश पठाउन सकिन्छ। १६०० मा सन्देश पठाउँदा पनि प्रति सन्देश करबाहेक जम्मा २ रुपैयाँ मात्र महशुल लाग्नेछ।
नेपाल टेलिकमको वेबसाइट मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिनेछ। नतिजा प्रकाशित भएको केही समयपछि यो सुविधा उपयोग गर्न सकिने टेलिकमले बताएकाे छ।






प्रतिकृया