• ३० भदौ २०८३, मंगलबार
  • ७ः४० बिहान

मंगलबार बसेकाे मन्त्रीपरिषद बैठकका निर्णयहरू

प्रकाशित मिति

२०८० असार २१ गते, बिहीबार ०४:४५

२१ असार २०८०, काठमाडौँ: मन्त्री परिषद बैठकले एमसिए नेपालले निर्माण गर्ने विद्युत प्रसारण लाइन तथा सवस्टेसनका लागि सिन्धुपाल्चोक पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ। अमेरिकी सहयोग परियोजना एमसिसी अन्तर्गत ती प्रसारण लाइन तथा सबस्टेशन बन्न लागेका हुन्।

National Life

त्यस्तै अर्थ मन्त्रालय भन्सार तथा लजिष्टिक्स सुधार कार्यक्रम अन्तर्गत एसियाली विकास बैंकबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने ५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ।


अर्थ मन्त्रालय तथा संसदीय मामिला मन्त्रालय सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एशियाली विकास बैंकबाट परियोजना सहायताको रुपमा ३ सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै नेपाल न्याय सेवा, कानून समूहको राजपत्राङ्कित प्रथम श्रेणीका ७ जना अधिकृतहरूको सरुवा गर्ने निर्णय भएको छ।


बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८० साल पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय भएको छ।


त्यस्तै पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना अन्तर्गत सडक सीमारेखाभित्र पर्ने कास्की जिल्लाको रुढीखोला-भैंसे सडक खण्डका घर र टहराहरु हटाउन स्वीकृति दिने निर्णय भएको छ।


निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय भएको छ।

प्रतिकृया