• २६ भदौ २०८३, शुक्रबार
  • ५ः४३ बेलुका

एमाले संसदीय दलको बैठक बस्दै

प्रकाशित मिति

२०८० असार २० गते, बुधबार ११:३५

२० असार २०८०, काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को संसदीय दलको बैठक बस्दैछ । बैठक बुधबार दिउँसो साढे १ बजे सिंहदरबारस्थित संसदीय दलको बैठक हलमा बस्नेछ ।

National Life

एक सांसदकाअनुसार बैठकको मुख्य एजेन्डा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्ति छ । यसअघि प्रधानमन्त्री प्रचण्डले गत असार १८ गते काठमाडौंमा आयोजित एक कार्यक्रम आफूलाई प्रधानमन्त्री बनाउन भारतको जम्मूबाट नेपाल आएर बस्न थालेका सरदार प्रीतम सिंहले भारत धाएको अभिव्यक्ति दिएका थिए ।


प्रधानमन्त्रीको कुर्सीमा बसेर त्यस्तो अभिव्यक्ति दिनु राष्ट्रको सार्वभौमिकताविरुद्ध भएको एमालेको ठहर छ । “प्रधानमन्त्रीको अभिव्यक्तिलगायतका विषयमा छलफल गर्नेगरी बैठक बोलाइएको हो । एउटा निष्कर्ष निस्किन्छ,” ती सांसदले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया