• २७ भदौ २०८३, शनिबार
  • ९ः२२ बिहान

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमण जाने तयारीमा

प्रकाशित मिति

२०८० असार १८ गते, सोमबार ०३:०९

१८ असार २०८०, काठमाडौँ:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको अहिले तयारी भइरहेको छ। परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री दाहाल आगामी सेप्टेम्बरमा चीन भ्रमणमा जान लागेको बताएका हुन।

National Life

‘सेप्टेम्बरमा हुने प्रधानमन्त्रीको चीन भ्रमण महत्वपूर्ण हुनेछ, सार्थक हुनेछ,’ प्रेस युनियन कैलालीको सोमबार भएको अधिवेशन उद्घाटन कार्यक्रममा परराष्ट्रमन्त्री साउदले भने।


उनले छिमेकी देश चीन र भारतबाट प्रतिफल लिन सकिने पनि बताए। ‘लाभ लिने सन्दर्भमा प्रधानमन्त्रीज्यूको आगामी सेप्टेम्बरमा हुने चीन भ्रमण महत्वपूर्ण हुनेछ,’ उनले भने, ‘नेपालले राष्ट्रिय हितलाई केन्द्रमा राखेको छ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीको चीन भ्रमणको तयारी भइरहेको बताए।


‘बेइजिङस्थित नेपाली दूतावासले प्रधानमन्त्रीज्यूको भ्रमणको तयारी गरिरहेको छ। भ्रमणको मिति भने टुंगो लागिसकेको छैन,’ उनले भने।


२०७५ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको भ्रमण गरेका थिए। ओलीपछि २०७८ मा प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीन भ्रमण गरेनन्।

प्रतिकृया