• 4:20 am

अध्यक्ष नेपाल श्रीलंका भ्रमणमा

प्रकाशित मिति

२०८० असार १८ गते, सोमबार ०३:३२

१८ असार २०८०, काठमाडौँ: एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल श्रीलंका भ्रमणमा निस्केका छन् । श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा भाग लिन नेपाल सोमाबार दिउँसो प्रस्थान गरेका हुन् ।


श्रीलंकमा रहँदा नेपाल दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरुको बैठक र सम्मेलनमा भाग लिने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।


नेपाल विदेश भ्रमणमा गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्र पाण्डेले पाएका छन् ।

प्रतिकृया