हेटौँडामा बस दुर्घटना हुँदा ३७ जना घाइते
प्रकाशित मिति
२०८० असार १५ गते, शुक्रबार ०३:०५
१५ असार २०८०, काठमाडौँ: मकवानपुरको हेटौँडामा बस दुर्घटना भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ मा शुक्रबार दिउँसो अनियन्त्रित भएर बस पल्टिँदा ३७ जना घाइते भएका छन् ।
नारायणगढबाट जनकपुरतर्फ जाँदै गरेको ना ६ ख ९८०४ नम्बरको बस सडकबाट करिब एकसय मिटर तल खसेको हो । घाइते मध्ये १० जनाको हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालमा र २७ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस आफैं अनियन्त्रित भएर सडबाट तल खसेको बताइएको छ । सोही स्थानमा सडक निर्माणको काम भैरहेकोले चालक झुक्किएको हुनसक्ने अनुमान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।
दुर्घटनाका विषयमा थप अनुसन्धान भैरहेको बताउँदै उनले चालक सम्पर्कमा नआएको बताए ।
Related
Recent News
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया