• 4:17 am

विप्लवले कपिलवस्तुमा धान रोपेर मनाए राष्ट्रिय धान दिवस

प्रकाशित मिति

२०८० असार १५ गते, शुक्रबार ०३:१९

१५ असार २०८०, काठमाडौँ: नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले कपिलवस्तुमा धान रोपेर धान दिवस मनाएका छन् ।


असार १५ गतेको धान दिवसको उपलक्ष्यमा कपिलवस्तुको शिवगढीमा विप्लवसहितका नेता कार्यकर्ताले धान रोपेका हुन् ।


आत्मनिर्भर पार्टी अत्मनिर्भर उत्पादन भन्ने मूल नाराका साथ विप्लवले धान रोपाइमा सहभागी भएका हुन् । पार्टीको निर्णय बमोजिम बर्दिया, कपिलवस्तु, चितवन सुनसरी, सिन्धुली र सल्यानमा ४० बिघामा धान रोपिएको नेकपाले जनाएको छ ।

प्रतिकृया