ब्याटिङ नचल्दा पाकिस्तान ‘ए’ सँग नेपाल नौ रनले पराजित
प्रकाशित मिति
२०८० जेष्ठ ३० गते, मंगलवार १२:००
३० जेठ २०८०, काठमाडौँ : बलिङमा उत्कृष्ट प्रदर्शनका बाबजुद नेपाल एसीसी महिला इमर्जिङ टिम्स कपमा पाकिस्तान ‘ए’सँग नौ रनले पराजित भएको छ । मंगलबार हङकङको मोङकङस्थित मेसन रोड मैदानमा पाकिस्तानले ८८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो ।
नेपालकी ओपनर कविता कुँवरले २० र कविता जोशीले १५ बाहेक नेपाली टिमबाट अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ज्योति पाण्डे नौ रनमा अविजित रहिन् । सम्झना खड्काले सात, कप्तान रुबिना क्षेत्री र सीता रानामगरले समान ६ रन जोडे । इन्दु वर्माले चार र विन्दु रावलले तीन रन थपे ।
पाकिस्तानकी तुबा हसन र सयेदा अरुबीले समान दुई विकेट लिए । अनोसा नासिर र उम्म–इ–हानीले एक/एक विकेट लिए । त्यसअघि, टस हारेपछि ब्याटिङमा उत्रिएको पाकिस्तानले १९.२ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनाएको थियो ।







प्रतिकृया