• २३ भदौ २०८३, मंगलबार
  • १२ः२३ राती

कार्टुन क्रु फिचर्ड लक्ष्मण श्री र मिलन नेवारको  ‘म तिम्रै डल्ले हो’ सार्बजनिक(भिडियो सहित)

प्रकाशित मिति

२०८० बैशाख ३१ गते, आईतवार ११:२४

वैशाख ३१, २०८०, काठमाडौँ : सुमधुर आवाजका धनि गायक तथा कलाकार लक्ष्मण श्री र लोकप्रिय गायिका मिलन नेवारको स्वरमा नयाँ गित ‘म तिम्रै डल्ले हो’ को म्यूजिक भिडियो सार्बजनिक भएको छ।  दर्जनौ कर्णप्रिय गीतहरुमा आफ्नो स्वर दिएर सांगितक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक लक्ष्मण श्री एक कुशल मोडल तथा समाजसेवी समेत हुन्। डान्सिङ बिटमा रहेको गित अहिलेको ट्रेन्ड अनुसारको बनेको छ।  

National Life

एक नारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीत रहेको गीतको सार्बजनिक म्यूजिक भिडियोलाइ ‘कार्टुन क्रु’का सरोज अधिकारीले निर्देशन कोरियोग्राफी तथा सम्पादन गरेका छन्। छायाँकार पवन सुश्लीङले छयांकन गरेको भिडियोमा  ‘कार्टुन क्रु’ का सरोज अधिकारि, आश्मा बिश्वकर्मा, गायक तथा मोडल लक्ष्मण श्री र मोडल स्मारिका ढकाललाइ फिचर्ड गरिएको छ।  मिठो स्वर,  मौलिक शब्द, आकर्षण भिडियोले गर्दा  दर्शक श्रोताको मन जित्नेमा गायक कलाकार तथा म्यूजिक भिडियोका निर्माता लक्ष्मण श्री बिश्वस्त छन्। 

भिडियो हेर्नुहोस :

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया