• २४ भदौ २०८३, बुधबार
  • १ः०६ दिउँसो

ट्राफिक प्रहरीको लापसे चेकिङमा ७ जना चालक नियन्त्रणमा, प्रहरी वृत्त जगातिमा राखेर अनुसन्धान हुँदै

प्रकाशित मिति

२०८० बैशाख ३१ गते, आईतवार ११:०२

वैशाख ३१, २०८०, काठमाडौँ : भक्तपुरको जगातिमा हिजो (शुक्रबार) गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

National Life

नियन्त्रणमा आउनेमा बा १० च २४०४ नम्बरको कारका चालक रामेछापका २९ वर्षीय वेद बहादुर राउत, बा १८ च ४०९६ नम्बरको कारका चालक भक्तपुरका २३ वर्षीय सुमित लासिवा, ना १ ज ५४८३ नम्बरको ट्याक्सीका चालक ओखलढङ्गाका २० वर्षीय पारस खड्का, बागमती प्रदेश-०२-००६ प २१२६ नम्बरको मोटरसाइकलका चालक सिन्धुपालचोकका १९ वर्षीय सुमन काफ्ले, बा ९९ प ७०९९ नम्बरको मोटरसाइकलका चालक काभ्रेका २१ वर्षीय राज कुमार भन्ने सुदिप खड्का, प्रदेश १-०१-०१३ प ४०५० नम्बरको मोटरसाइकलका चालक सुनसरीका २४ वर्षीय शिशिर तामाङ र बा ७६ प ५६९५ नम्बरको स्कुटरका चालक भक्तपुरका २९ वर्षीय सन्तोष खड्का रहेका छन् ।


नियन्त्रणमा लिएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगातिमा राखिएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातिको संयुक्त टोलिले हिजो २० ओटा सवारी साधनका चालकलाई चेक गर्दा ७ जना भनेलागुपदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा फेला परेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

लागुपदार्थ सेवनले सेवनकर्ताको शारीरिक तथा मानसिक स्थितीमा परिवर्तन ल्याउनुका साथै यसको सेवन गरेर सवारी साधन चलाउँदा सवारी दुर्घटनाको समेत जोखिम हुने भएकाले नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउन चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गर्नु भएको छ ।


काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको ट्राफिक व्यवस्थापनका अलवा सडक सुरक्षा सम्बन्धी विविध जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यसका साथै ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाहीको दायरामा पनि ल्याउँदै आएको छ । काठमाडौँ उपत्यकामा हाल दैनिक ३ हजार भन्दाबढी चालक ट्राफिक नियम उल्लङघन गरेको कसुरमा कारबाहीमा पर्दै आएका छन् ।

प्रतिकृया