• २७ भदौ २०८३, शनिबार
  • ६ः३४ बिहान

माल्दिभ्स र सिङ्गापुर पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

प्रकाशित मिति

२०८० बैशाख २९ गते, शुक्रबार ०२:२४

२९ वैशाख २०८०, काठमाडौँ : सिङ्गापुर र माल्दिभ्स पठाइदिन्छु भन्दै ठगी गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।सिङ्गापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा बाह्रदशी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौलालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

National Life

निरौला समेतले १२ जनालाई वैदेशिक रोजगारीको लागि सिङ्गापुर पठाई प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ९५ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनांगलबाट पक्राउ गरेको हो ।


त्यस्तै माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-९ घर भई हाल काठमाडौं महानगरपालिका-३२ जडिबुटी नरेफाँट बस्ने ४६ वर्षीय अन्जन सिग्देललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारका लागि माल्दिभ्स पठाईदिन्छु आकर्षक तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं जडिबुटी नरेफाँटबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया