• २७ भदौ २०८३, शनिबार
  • ७ः३० बिहान

महानगरभित्र विज्ञापनजन्य सामग्री बाँड्नेलाई कारबाही

प्रकाशित मिति

२०८० बैशाख २९ गते, शुक्रबार ०१:५४

२९ वैशाख २०८०, काठमाडौँ : काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ। शुक्रबार काठमाडौं महानगरपालिकाका विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्री बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको हो।

National Life

पटक/पटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाँड्दै नहिँड्न सूचना गरे पनि अटेर गरेपछि कारबाही थालेको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए। उनले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न/नराख्न सूचना जारी गरे पनि नटेरेपछि कारबाही प्रक्रिया अघि बढाएको बताए।


उनले शुक्रबार ६१ जनालाई कारबाही गरेको र आगामी दिनमा पुनः यस्ता गल्ती भइरहे कारबाही झनै बढाउँदै जाने बताए। प्रमुख पाण्डेका अनुसार महानगरपालिकाले पहिलो पटक कारबाही गर्न लागिएको जसमा संलग्न संस्थाहरूलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया