नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता सङ्घर्ष समाज र नागरिक सशक्तीकरणका लागि जागरण अभियानबीच एकीकरण
प्रकाशित मिति
२०८० बैशाख २९ गते, शुक्रबार ०९:३४
२९ वैशाख २०८०, काठमाडौँ : नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता सङ्घर्ष समाज र नागरिक सशक्तीकरणका लागि जागरण अभियानबीचको एकीकरण भएको छ । हिजाे (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी एकताको घोषणा गरिएको हो ।
सो क्रममा पार्टीको आगामी कार्ययोजना लगायतका विषयमा जानकारी दिईएको थियो । वर्तमान अवस्थामा मुलुक दुई ध्रुवमा ध्रुवीकृत रहेको नेपाली राजनीतिक वृत्तमा विदितै भएको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । पार्टीका उपाध्यक्ष तथा वरिष्ठ नेता दामोदर पण्डितद्धारा जारी गरिएको विज्ञप्तीमा जनताले गणतन्त्र स्थापनार्थ बलिदानी गर्दै २०६२/०६३ को जनआन्दोलन लडेको भएतापनि जनताले चाहेको र खोजेको परिवर्तनका साथै पहिचान प्राप्ति, भूमिमुक्ति, वर्गीय मुक्ति, जातीय मुक्ति, आर्थिक सबलता, भ्रष्टचाररहित समतामूलक सुशासनको आभाषका साथै लैङ्गिकलगायत सम्पूर्ण किसिमका विभेदहरुको अन्त्यका साथै महिला, मुस्लिम, पिछडा वर्ग, उत्पीडित तथा सीमान्तकृतहरुको अधिकार प्राप्तिको आन्दोलन तार्किक निश्कर्षमा पुग्न नसकेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ,‘मुलतः नेपाली राजनीति एकातिर एकात्मकवादी राज्यसत्ताको जर्जरता र अर्कोतिर नेपाली जनताले परिकल्पना गरेको पहिचानको आधारमा बन्ने राज्यसत्ताको स्थापना भन्नु दक्षिणपन्थी र उत्तरपन्थी विश्व राजनीति जस्तै हो भन्दा फरक नपर्ला अतः भौगोलिक सांस्कृतिक पहिचान सहितको सङ्घीयता, सङ्घीयता सहितको संविधान भन्ने मूल नारालाई संस्थागत गर्ने विषयलाई मध्यनजर गर्दै लिम्बुवान, खम्बुवान, तामाङसालिङ, नेवाः, तमुवान, मगरात, थरुहट, मधेश, कोचिला, शेर्पालुङ, खसान, दलित मुक्तिको आन्दोलन गर्ने क्रममा सुदूरपूर्वमा प्रदेश नं. १ को नामाङ्कन पहिचान नामेट गर्ने तथाकथित एकल नश्लीय नाम ’कोशी’ वर्तमान एकात्मकवादी राज्यसत्ताको पृष्ठपोषक पहिचान विरोधी प्रदेश सरकारले ल्याएसँगै कोशी नाम खारेजीको आन्दोलन अहिले पेचिलो बन्दै गइरहेको वर्तमान परिप्रेक्ष्यमा पहिचानवादी पार्टीहरु मुकदर्शक बनेर बस्ने कल्पनासम्म पनि गर्न सकिने विषय होइन।’
अहिले सुदूरपूर्वमा भइरहेको प्रदेश नं. १ को नाम ‘कोशी’ खारेजीको आन्दोलनलाई पहिचानकै आन्दोलनको जगबाट स्थापना भएको पहिचानवादी दल ‘नागरिक उन्मुक्ति पार्टी (एकीकृत) ले पनि आजैको मितिबाट सो आन्दोलनलाई समर्थन गर्दै ऐक्यवद्धतासहित पूर्ण सहभागिता जनाउने घोषणा गरेको छ । धनबहादुर पङ्घाकको संयोजकत्वमा ४२९ सदस्यीय कोशी नाम खारेजी आन्दोलन परिचालन समिति निर्माण गरी संघर्ष समिति गठन गरेको पनि जनाईएको छ ।






प्रतिकृया